Kathmandu Press

पूर्वसभामुख महराको उदाहरण दिँदै संसदमा चौधरीले भनिन्– पुरुषका निम्ति पनि कानुन बन्नुपर्छ 

‘जबसम्म स्वार्थ मिल्यो तबसम्म कसैलाई अत्तोपत्तो थिएन । जब स्वार्थ मिलेन त्यो ठाउँमा बलात्कारको संज्ञा दिएर उहाँलाई ६ ६ महिनासम्म जेलमा कोचियो,’ उनले भनिन्। 
पूर्वसभामुख महराको उदाहरण दिँदै संसदमा चौधरीले भनिन्– पुरुषका निम्ति पनि कानुन बन्नुपर्छ 

काठमाडौं, जेठ २३ : नेकपा एमालेकी सांसद गंगाकुमारी चौधरीले यौन हिंसाका सम्बन्धमा पुरुषका निम्ति पनि कानुन बन्नुपर्ने बताएकी छन्। 

प्रतिनिधि सभामा ‘यौन हिंसा विरुद्धका केही ऐनलाइ संसोधन गर्ने विधेयक–२०७९ माथिको छलफलमा भाग लिँदै सांसद चौधरीले कानुन सबैका लागि समान हुनुपर्ने बताएकी हुन् । उनले महिलाको मात्र नभई पुरुषको पनि भावना बुझ्नुपर्ने बताइन्। 

उनले कलाकार पल शाहको उदाहरण दिँदै मन मिलेसम्म प्रेम र नमिलेसम्म बलात्कारको संज्ञा दिने र अनाहकमा जेल कोच्ने कानुन संसोधन हुनुपर्ने बताइन् । 

उनले पूर्वसभामुख कृष्णबहादुर महरामाथि लागेको आरोपबारे पनि संसदमा बोलेकी थिइन्। ‘जबसम्म स्वार्थ मिल्यो तबसम्म कसैलाई अत्तोपत्तो थिएन । जब स्वार्थ मिलेन त्यो ठाउँमा बलात्कारको संज्ञा दिएर उहाँलाई ६/६ महिनासम्म जेलमा कोचियो,’ उनले भनिन्। 

चौधरीले बलात्कारसम्बन्धी घटनाको उजुरी दिन हदम्याद राख्नुपर्ने बताएकी छन् । हदम्याद राखिएन भने मुद्दाको चाङ लाग्छ । अनि कसरी न्याय पाउँछ ?’ उनले भनिन्। 

त्यस्तै कस्तालाई हदम्याद राख्ने भन्ने कुरामा पनि वृहत छलफल आवश्यक रहेको उनले बताइन्। 

प्रकाशित मिति: १३:०९ बजे, सोमबार, जेठ २३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्