Kathmandu Press

सार्वजनिक पदमा रहेका व्यक्तिलाई यौन हिंसा मुद्दामा थप २ वर्ष कैद हुनुपर्ने

काठमाडौं, जेठ २३ : नेपाली कांग्रेसका सांसद गगनकुमार श्रेष्ठले सार्वजनिक पद धारण गरेको व्यक्तिले यौनहिंसा गरेको भए कम्तिमा पनि दुई वर्ष बढी कैद सजाय...
सार्वजनिक पदमा रहेका व्यक्तिलाई यौन हिंसा मुद्दामा थप २ वर्ष कैद हुनुपर्ने

काठमाडौं, जेठ २३ : नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले सार्वजनिक पद धारण गरेको व्यक्तिले यौनहिंसा गरेको भए कम्तिमा पनि दुई वर्ष बढी कैद सजाय गर्नुपर्ने सुझाव दिएका छन्।

आज प्रतिनिधि सभा बैठकमा यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक २०७९ माथिको छलफलमा भाग लिंदै थापाले गएको स्थानीय सरकारमा निर्वाचित भएका कतिपय जनप्रतिनिधिहरु र त्योभन्दा अरु जनप्रतिनिधिहरू पनि यस्तो काममा संलग्न भएको देखेको बताउँदै थापाले कैद सजायको अवधि बढाउनुपर्ने सुझाव दिएका हुन् ।

‘दफा २२७ को पछाडि जुन थप्ने भनिएको छ, सार्वजनिक पद धारण गरेकोले यदि पीडितहरुले धम्काउने, प्रलोभनमा पार्ने कुरा गर्दा ६ महिना बढी कैद भनिएको छ, यसलाई कम्तिमा पनि दुई वर्ष बनाउनुपर्छ,’ उनले भने।

विधेयकमा सार्वजनिक पद धारण गरेका व्यक्तिले यौन हिंसा गरेको भए थप ६ महिना कैद सजाय हुने उल्लेख छ।

बलात्कृत भएको पीडितलाई गर्भपतन गराउने समयको सन्दर्भमा र उमेरको आधारमा जुन सजाय तोकिएको छ, उमेर मात्र होइन, अवस्था र प्रकृतिको आधारमा थप्नुपर्ने उनले सुझाव दिए ।

 

प्रकाशित मिति: १२:४३ बजे, सोमबार, जेठ २३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्