Kathmandu Press

बालुवाटारमा सत्ता गठबन्धनका शीर्ष नेताहरुबीच छलफल 

काठमाडौं, जेठ २३ : प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ गठबन्धन दलका शीर्ष नेताहरुबीच छलफल भएको छ । सोमबार बिहान गठबन्धन दलका नेताहरुबीच बैठक भएको बालुवाटार...
बालुवाटारमा सत्ता गठबन्धनका शीर्ष नेताहरुबीच छलफल 
फाइल तस्बिर

काठमाडौं, जेठ २३ : प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ गठबन्धन दलका शीर्ष नेताहरुबीच छलफल भएको छ । 

सोमबार बिहान गठबन्धन दलका नेताहरुबीच बैठक भएको बालुवाटार स्रोतले जानकारी दिएको छ । बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ। 

सोमबारको बैठकमा प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादव सहभागि थिए। 

 त्यस्तै कांग्रेस उपसभापति पूर्णबहादुर खड्का पनि सहभागी थिए।

प्रकाशित मिति: ११:४१ बजे, सोमबार, जेठ २३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्