प्रतिनिधि सभा बैठक सुरु
काठमाडौं, जेठ २३ : प्रतिनिधि सभाको बेठक सुरु भएको छ । नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा आइतबार बिहान ११ बजेपछि बैठक सुरु भएको हो। आजको बैठकमा...
काठमाडौं, जेठ २३ : प्रतिनिधि सभाको बेठक सुरु भएको छ ।
नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा आइतबार बिहान ११ बजेपछि बैठक सुरु भएको हो।
आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले ‘यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक २०९ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्नेछन्।
त्यस्तै कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द प्रसाद शर्मा कोइरालाले ‘फौजदारी कसुर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संसोधन गर्ने विधेयक, २०७९ माथि विचार गरियोस्’ भनि प्रस्ताव राख्ने कार्यसूची छ।
आजकै बैठकमा विनियोजन विधेयक, २०७९ को विभिन्न् शीर्षकहरुमाथि छलफल प्रारम्भ हुने संसद सचिवालयले जारी गरेको कार्यसूचीमा उल्लेख छ।
प्रकाशित मिति: ११:३२ बजे, सोमबार, जेठ २३, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार








-1787140035.png)


