Kathmandu Press

नेपालगञ्जको क्यासिनोबाट सात नेपाली पक्राउ

नेपालगञ्ज, जेठ २३ : बाँकेको नेपागञ्जस्थित धम्बोजीचोकमा रहेको होटल सिटी प्यालेसभित्र सञ्चालित सिटी इ गेमिङ क्लब क्यासिनोबाट सात नेपाली पक्राउ परेका छन्।जिल्ला प्रहरी...
नेपालगञ्जको क्यासिनोबाट सात नेपाली पक्राउ

नेपालगञ्ज, जेठ २३ : बाँकेको नेपागञ्जस्थित धम्बोजीचोकमा रहेको होटल सिटी प्यालेसभित्र सञ्चालित सिटी इ गेमिङ क्लब क्यासिनोबाट सात नेपाली पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले उक्त क्यासिनोबाट उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिए। उनका अनुसार पक्राउ पर्नेमा मनोज विक, विपिनसिंह बडुवाल, गणेश शर्मा, सुलभ कार्की, विक्रम क्षेत्री, आकाश सिंह र मोहित शाह छन्। 

प्रनाउ न्यौपानेले क्यासिनोभित्र प्रवेश गरी धम्क्याउने गरेको उजुरी आएकाले उनीहरूलाई पक्राउ गरिएको उल्लेख गरे। पक्राउ परेकालाई कानुनी कारबाही गर्ने वा के गर्ने भन्ने विषयमा छलफल चलिरहेको जनाइएको छ। क्यासिनोमा विदेशीबाहेक नेपालीलाई प्रवेश निषेध गरिएको छ तर नेपालगञ्जका क्यासिनोले निर्वाधरुपमा नेपालीलाई प्रवेश दिइएको बताइएको छ। 

प्रकाशित मिति: ११:११ बजे, सोमबार, जेठ २३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्