रोहिणी बस दुर्घटना : मृतक ९ जनाकै सनाखत (नामावली)
काठमाडौं, जेठ २३ : रुपन्देहीको रोहिणी खोलामा आइतबार भएको बस दुर्घटनामा परि ज्यान गुमाउने नौ जनाकै सनाखत भएको छ । जनकपुरबाट भैरहवा आउँदै...
काठमाडौं, जेठ २३ : रुपन्देहीको रोहिणी खोलामा आइतबार भएको बस दुर्घटनामा परि ज्यान गुमाउने नौ जनाकै सनाखत भएको छ । जनकपुरबाट भैरहवा आउँदै गरेको लु२ख ३८४१ नम्बरको यात्रुवाहक बस रोहिणी पुलबाट खोलामा खस्दा बसमा सवार ३२ जना मध्ये एक महिला र ८ पुरुषको मृत्यु भएको थियो।
मृत्यु हुनेहरुमा रुपन्देहीको ओमसतिया गाउँपालिका–४ का ६५ वर्षका राजेन्द्र पाण्डे, तिलोत्तमा नगरपालिका–८ की ३७ वर्षकी तुलसी बस्याल, तिलोत्तमा–२,योगीकुटीका ५६ वर्षका विष्णु पौडेल, रौतहट चन्द्रनिगाहपुरका २० वर्षका दिनेश दास रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देही प्रहरी प्रवक्ता डीएसपी नवरत्न पौडेलले जानकारी दिए।
त्यस्तै बुटवल उपमहानगरपालिका–११ कालिकानगरका ४८ वर्षका कृष्णप्रसाद बस्याल, बुटवल उपमहानगरपालिका–६ आदर्शनगर बस्ने ४० वर्षका अरविन्द शर्मा, अरविन्दका बुवा ५० वर्षका नागेन्द्र शर्मा र सितामढी भारतका ४५ वर्षका सञ्जय गुप्ता र महोत्तरी पिप्रहवा–५का ३० वर्षका चन्दन यादवको मृत्यु भएको छ।
दुर्घटनामा परी घाइते २३ मध्य २१ जनाको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ । सामान्य घाइते २ जना डिस्जार्ज भएका छन् । घाइते २१ जना मध्ये १५ जनाको अवस्था गम्भीर र बांकीको मध्यम प्रहरीले जानकारी दिएको छ।








-1787140035.png)


