Kathmandu Press

संसद्मा आजदेखि बजेटमाथि मन्त्रालयगत छलफल

काठमाडौं, जेठ २३ : आगामी आर्थिक वर्षको बजेटमा आजदेखि संसद्मा मन्त्रालयगत छलफल शुरु हुने भएको छ।अर्थमन्त्री जनार्दन शर्माले जेठ १५ गते संसद्को दुवै...
संसद्मा आजदेखि बजेटमाथि मन्त्रालयगत छलफल

काठमाडौं, जेठ २३ : आगामी आर्थिक वर्षको बजेटमा आजदेखि संसद्मा मन्त्रालयगत छलफल शुरु हुने भएको छ।

अर्थमन्त्री जनार्दन शर्माले जेठ १५ गते संसद्को दुवै सदनमा बजेट पेश गरेका थिए। अहिलेसम्म सामान्य छलफल चलिरहेको थियो। आजदेखि जेठ २७ गतेसम्म मन्त्रालयगत छलफलका लागि समय तोकिएको संसद् सचिवालयले जनाएको छ।

आज बिहान ११ बजे प्रतिनिधि सभाको बैठक बोलाइएको छ। आज ६ वटा मन्त्रालयको बजेटमाथि छलफल हुने कार्यसूची रहेको छ।

सम्भावित कार्यसूचीमा कानून, न्याय तथा संसदीय मामिला मन्त्रलाय, युवा तथा खेलकूद मन्त्रलाय, श्रम तथा सामाजिक सुरक्षा मन्त्रलाय, वन तथा वातावरण मन्त्रलाय, शहरी विकास मन्त्रालय, भूमि व्यवसथ, सहकारी तथा गरिबी निवारण मन्त्रलाय र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रलायको बजेटमाथि छलफल हुनेछ।

त्यसपछि जेठ २६ गते १२ मन्त्रालय र २७ गते बाँकी मन्त्रालय तथा कार्यालय शीर्षकमा उठेका प्रश्नको विभागीय मन्त्रीले जवाफ दिन सम्भावित कार्यसूची रहेको छ।

प्रकाशित मिति: ०८:०० बजे, सोमबार, जेठ २३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्