Kathmandu Press

रोहिणी खोला दुर्घटनामा मृत्यु भएका आठ जनाको सनाखत

बुटवल, जेठ २३ : रुपन्देहीको रोहिणी खोलामा भएको बस दुर्घटनामा ज्यान गुमाएका नौमध्ये आठ जनाको पहिचान खुलेको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटनामा तिलोत्तमा...
रोहिणी खोला दुर्घटनामा मृत्यु भएका आठ जनाको सनाखत

बुटवल, जेठ २३ : रुपन्देहीको रोहिणी खोलामा भएको बस दुर्घटनामा ज्यान गुमाएका नौमध्ये आठ जनाको पहिचान खुलेको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटनामा तिलोत्तमा नगरपालिका २ योगीकुटीका विष्णु पौडेल, रौतहट चन्द्रनिगाहापुरका दिनेश दास, बुटवल उपमहानगरपालिका ११ का कृष्णप्रसाद बस्याल, रुपन्देहीको ओमसतियाका राजेन्द्र पाण्डे र तिलोत्तमा ८ की तुलसी बस्यालको मृत्यु भएको हो।

त्यस्तै, दुर्घटनामा दुई जना भारतीय नागरिकको मृत्यु भएको छ। उनीहरु अरविन्द शर्मा, नागेन्द्र शर्मा र सञ्जय गुप्ताको रहेका छन्।

दुर्घटनामा नौ जनाको मृत्यु भएको थियो। अझै पनि एक जनाको पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

जनकपुरबाट भैरहवा आउँदै गरेको लु २ ख ३८४१ नम्बरको बस आइतबार बिहान रोहिणी खोलामा दुर्घटना भएको थियो। दुर्घटनामा २४ जना घाइते भएका छन्। उनीहरुको युनिभर्सल मेडिकल कलेज र भीम अस्पतालमा उपचार भइरहेको छ।

प्रकाशित मिति: ०६:४० बजे, सोमबार, जेठ २३, २०७९