Kathmandu Press

ग्रेटा थनबर्गले किन अस्वीकार गरिन् ४० हजार पाउण्डको पुरस्कार ?

ग्रेटा थनबर्गले ठूला गफ र मिठा शब्दहरूले कार्बन उत्सर्जन नगर्ने बताउँदै ४० हजार पाउण्ड धनराशी भएको एउटा वातावरणीय पुरस्कार अस्वीकार गरेकी छिन्।

स्वीडेनकी यी ....

ग्रेटा थनबर्गले किन अस्वीकार गरिन् ४० हजार पाउण्डको पुरस्कार ?
फाइल

ग्रेटा थनबर्गले ठूला गफ र मिठा शब्दहरूले कार्बन उत्सर्जन नगर्ने बताउँदै ४० हजार पाउण्ड धनराशी भएको एउटा वातावरणीय पुरस्कार अस्वीकार गरेकी छिन्।

स्वीडेनकी यी अभियन्ताले इन्स्टाग्राममा नोर्डिक काउन्सिल इन्भाइरोन्मेन्ट प्राइज-२०१९ पाएको तर त्यसलाई ग्रहण नगर्ने निर्णय गरेको खुलाएकी छिन्। विशाल सम्मानका लागि काउन्सिललाई धन्यवाद दिँदै वातावरण आन्दोलनलाई अब कुनै पुरस्कार आवश्यक नभएको उनले बताएकी छिन्।

Hardik ivf

उनले भनिन्,“हाम्रा राजनेता र शक्तिमा भएका व्यक्तिले वर्तमानमा उपलब्ध उत्कृष्ट विज्ञानको सुझाव सुन्नुपर्छ।”

नोर्डिक देशहरूले जलवायु परिवर्तनलाई लिएर गरिरहेको प्रतिक्रियाबारे १६ वर्षीया थनबर्गले विस्तृतमा चिन्ता व्यक्त गरेकी छिन्। वातावरणीय मुद्दाबारे यस क्षेत्रले विश्वभरि नै राम्रो प्रतिष्ठा बनाएको उनले बताइन्।

“यसबारे ठूलो कुरा गर्नुपर्ने आवश्यकता नै छैन,” उनले भनिन्,“मिठा शब्दहरूको कुनै अभाव छैन।”

इन्स्टाग्रामको पोस्टमा उनले लेखेकी छिन्, “विश्व वन्यजन्तु कोष र ग्लोबल फुटप्रिन्ट नेटवर्कका अनुसार स्वीडेनवासी चार वटा ग्रह भएजत्तिकै व्यवहार गर्छौं। करिब करिब समग्र नोर्डिक क्षेत्रमै यस्तो हुन्छ।”

नर्वेमा हालै तेल र ग्याँसका नयाँ अनुमति बाँडिएको घटनालाई पनि उद्धृत गरेकी छिन्। उनी भन्छिन्,“विश्वव्यापी तापक्रमलाई १.५ डिग्री वा दुई डिग्रीभन्दा बढ्न नदिने विज्ञानको सुझाव र नोर्डिक देशलाई चलाउने राजनीतिबीचको अन्तर विशाल छ।”

“अनि अझै पनि आवश्यक परिवर्तनका संकेत देखिँदैनन्। हामी त्यस्तो देशमा बस्छौं जसले धेरै काम गर्ने सम्भावना छ। तर पनि हाम्रा देशहरूले केही गर्दैनन्,”उनले भनेकी छिन्।
 

प्रकाशित मिति: ०७:०० बजे, आइतबार, कात्तिक १७, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्