प्रत्येक सदस्यबाट माओवादीले न्यूनतम १०० रुपैयाँ संकलन गर्ने
काठमाडौं, जेठ २२ : नेकपा माओवादी केन्द्रले पार्टीको केन्द्रीय कार्यालयलाई सुदृढ र व्यवस्थित बनाउन हरेक सदस्यबाट न्यूनतम १०० रुपैयाँ संकलन गर्ने निर्णय गरेको...
काठमाडौं, जेठ २२ : नेकपा माओवादी केन्द्रले पार्टीको केन्द्रीय कार्यालयलाई सुदृढ र व्यवस्थित बनाउन हरेक सदस्यबाट न्यूनतम १०० रुपैयाँ संकलन गर्ने निर्णय गरेको छ ।
आइतबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल निवास खुमलटारमा बसेको पूर्वस्थायी कमिटीको बैठकले यो निर्णय गरेको हो । पार्टीको केन्द्रीय कार्यालयलाई सुदृढ र व्यवस्थित गर्नका लागि हरेक सदस्यबाट न्यूनतम १०० रुपैयाँ संकलन गर्ने निर्णय भएको माओवादी केन्द्रले जनाएको छ ।
पूर्वस्थायी कमिटी सदस्यहरूको बैठकमा पार्टीको भातृ संगठन अखिल नेपाल क्रान्तिकारीमा देखिएको विवाद समाधानको विषयमा पनि छलफल भएको छ ।
प्रकाशित मिति: २०:११ बजे, आइतबार, जेठ २२, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार








-1787140035.png)


