Kathmandu Press

धर्ती र मानवजातिको संरक्षण गर्न नसकिए समृद्धिको अर्थ छैन : अध्यक्ष ओली

काठमाडाैं, जेठ २२ : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले धर्ती र मानवजातिको संरक्षण गर्न नसकिए विकास र समृद्धिको लक्ष्यमा पुग्न नसकिने...
धर्ती र मानवजातिको संरक्षण गर्न नसकिए समृद्धिको अर्थ छैन : अध्यक्ष ओली

काठमाडाैं, जेठ २२ : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले धर्ती र मानवजातिको संरक्षण गर्न नसकिए विकास र समृद्धिको लक्ष्यमा पुग्न नसकिने बताएका छन।

अन्तर्राष्ट्रिय वातावरण दिवसका अवसरमा आज तुल्सीलाल स्मृति प्रतिष्ठान र अखिल नेपाल महिला सङ्घले आज आयोजना गरेको कार्यक्रममा पूर्वप्रधानमन्त्री ओलीले भने, 'वातावरणीय पक्षमा ध्यान दिन नसिकए विकास हुनुको मात्रै कुनै अर्थ हुँदैन। मानिस निरोगी रहन सकेनन् भने समृद्धिलाई उनीहरूले उपयोग गर्न सक्दैनन्।' उनले आफू सरकारको नेतृत्वमा रहँदा सन् २०२० मा ‘हिमाल र वातावरण’ विषयमा सगरमाथा संवाद कार्यक्रम आयोजना गरिएको स्मरण गराए। उक्त कार्यक्रम कोभिड–१९ का कारण स्थगन भएको थियो।

अध्यक्ष ओलीले जापानले आणविक रेडियनबाट उत्पन्न विकिरणको संसर्गबाट देखिएका गम्भीर रोगहरूको सामना गर्नुपरेको सन्दर्भबारे चर्चा गर्दै धर्तीमा वातावरणको स्थायी प्रदूषणको प्रवृत्ति बढ्दै जाने र प्रतिरोधको क्षमता कम हुँदै जाने हो भने मानव सभ्यतामा चुनौती खडा हुने बताए।

सन् २०३० सम्मका लागि दिगो विकास लक्ष्यअन्तर्गत वातावरण एक प्रमुख लक्ष्य रहेको र हिमालहरूको देश नेपालले विश्वका लागि हिमालको महत्वबारे बुझाउन आफूले विश्वका मञ्चहरुमा कुरा उठाउने गरेको स्पष्ट गरे।

प्रकाशित मिति: २०:०९ बजे, आइतबार, जेठ २२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्