Kathmandu Press

भारत निर्यातित कृषि उत्पादनको परीक्षण अब बिहारमा हुने

काठमाडाैं, जेठ २२ : नेपाल भारतमा निर्यातकर्ता व्यवसायीलाई धेरै समय ब्यर्थ खर्चिनुपर्ने बाध्यताकाे अब अन्त्य भएको छ। नेपाली कृषि उत्पादनको गुणस्तर जाँच गर्न...
भारत निर्यातित कृषि उत्पादनको परीक्षण अब बिहारमा हुने

काठमाडाैं, जेठ २२ : नेपाल भारतमा निर्यातकर्ता व्यवसायीलाई धेरै समय ब्यर्थ खर्चिनुपर्ने बाध्यताकाे अब अन्त्य भएको छ। नेपाली कृषि उत्पादनको गुणस्तर जाँच गर्न दिल्ली वा कोलकत्तामा नमुना पठाउनुपर्ने बाध्यता रहँदै आएकोमा अब बिहारमै उत्पादित बस्तु परीक्षण हुने भएका छन।

भारतका स्वास्थ्य एवम् परिवार कल्याणमन्त्री मनसुख मण्डावियाले आइतबार प्रयोगशालाको उद्घाटन गरेका छन। प्रयाेगशाला उद्घाटन भएसँगै आजै सञ्चालनमा पनि आएकाे छ।

कार्यक्रममा नेपालको तर्फबाट कृषि तथा पशुपन्छी विकास मन्त्री महिन्द्रा राय यादवको उपस्थिति थियो। भारतीय खाद्य संरक्षा एवम् मानक प्राधिकरण (एफएसएसएआई) द्वारा स्थापित यस प्रयोगशालामा भारत निर्यात गर्ने नेपाली कृषि उत्पादनको गुणस्तर परीक्षण गरिनेछ। यसले भारत र नेपालबीचको द्धिपक्षीय ब्यापारमा लाग्ने समय बचत हुनेछ।

प्रकाशित मिति: २०:०३ बजे, आइतबार, जेठ २२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्