सुदूरपश्चिम प्रदेशको नीति तथा कार्यक्रममा कृषिलाई प्राथमिकता
काठमाडौं, जेठ २२ : सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत गरेको छ । सुदूरपश्चिम प्रदेश...
काठमाडौं, जेठ २२ : सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत गरेको छ । सुदूरपश्चिम प्रदेश प्रमुख देवराज जोशीले आइतबार प्रदेश सभाको बैठकमा प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।
प्रदेश सरकारको वार्षिक नीति तथा कार्यक्रममा चालु आर्थिक वर्षको अवधिमा कार्यान्वयन हुन नसकेका कार्यक्रमलाई निरन्तरता दिइएको छ । कृषिलाई प्रमुख प्राथमिकता दिएर ल्याइएको नीति तथा कार्यक्रममा प्रदेश सरकारले सुपथ मूल्य पसल, प्रदेश राजधानीमा भौतिक संरचना निर्माण लगायतका महत्वपूर्ण योजनालाई भने समेट्न सकेको छैन । प्रदेश सरकारले कृषिलाई प्राथमिकता दिँदै विभिन्न नारामा कार्यक्रमहरु ल्याएको छ ।
‘प्रदेश सरकार, कृषिको अभिभावक’ भन्ने नाराका साथ कृषि उपजको उत्पादन, लागत तथा जोखिम घटाउन कृषकलाई यन्त्र, उपकरण, उन्नत बिउ, बेर्ना, नश्ल, मलखाद, सिंचाई, नवीनतम प्रविधि, तालिम, प्राविधिक सहयोग, बाली तथा पशु बिमाको प्रिमियम शुल्क, कृषि ऋणको व्याज, विद्युत महसुल र भन्सार महसुलमा अनुदानको व्यवस्था गरी सहज र सर्वसुलभ रुपमा उपलब्ध गराइने छ,’ नीति तथा कार्यक्रममा भनिएको छ ।
कृषिमा ‘नमुना कृषि गाउँ, आफै बनाउ’, ‘किसान हुनमा मलाई गर्व छ’, ‘गोठदेखि ओठसम्म स्वच्छ दुध’, ‘माटो जोगाऔं, उत्पादन बढाऔं’ लगायतका नारा दिई विभिन्न कार्यक्रम अघि सारिएको छ ।
प्रदेश सरकारले सिंचाई, जलयातायात, जलविद्युत र मनोरञ्जनमा प्रदेशभित्रका जलस्रोतहरू प्रयोग गर्ने नीति लिएको छ । सरकारले कृषि, उद्योग, ऊर्जा, जलस्रोत र पर्यटनलाई दीगो विकास र समृद्धिका लागि उच्चतम उपयोग गर्ने उद्देश्यका साथ प्रमुख प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम तयार गरेको प्रदेश प्रमुख जोशीले बताए ।








-1787140035.png)


