Kathmandu Press

करेण्ट लागेर महिलाको मृत्यु

सप्तरी, जेठ २२ : सप्तरीको शम्भुनाथ नगरपालिकामा करेण्ट लागेर एक महिलाको आज मृत्यु भएको छ।शम्भुनाथ नगरपालिका–४ कठौनामा करेन्ट लागेर स्थानीय ३० वर्षीया नजिरा...
करेण्ट लागेर महिलाको मृत्यु

सप्तरी, जेठ २२ : सप्तरीको शम्भुनाथ नगरपालिकामा करेण्ट लागेर एक महिलाको आज मृत्यु भएको छ।

शम्भुनाथ नगरपालिका–४ कठौनामा करेन्ट लागेर स्थानीय ३० वर्षीया नजिरा खातुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। पङ्खाको तार जोड्ने क्रममा करेण्ट लागेर गम्भीर घाइते भएकी खातुनको स्थानीय स्वास्थ्य संस्थामा उपचारका क्रममा मृत्यु भएको हो। 

प्रकाशित मिति: १९:०५ बजे, आइतबार, जेठ २२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्