सगरमाथासिहत चार हिमालबाट ३३ टन फाेहाेर संकलन
काठमाडाैं, जेठ २२ : नेपाली सेनाकाे टाेलीले सगरमाथासहित चार हिमालबाट ३३ टन फाेहाेर संकलन गरेकाे छ।नेपाली सेनाको मुख्यालय जंगी अड्डामा आइतबार आयोजित सफा...
काठमाडाैं, जेठ २२ : नेपाली सेनाकाे टाेलीले सगरमाथासहित चार हिमालबाट ३३ टन फाेहाेर संकलन गरेकाे छ।
नेपाली सेनाको मुख्यालय जंगी अड्डामा आइतबार आयोजित सफा हिमाल अभियान २०२२ को समापन कार्यक्रममा चार वटा अग्ला हिमालबाट ३३ टन बढी फोहोर संकलन गरेको जनाएको हो।
नेपाली सेना र शेर्पाहरूको संयुक्त टोलीले सगरमाथा, ल्होत्से, कञ्चनजंगा र मनास्लुबाट कुइने र नकुइने गरी ३३ हजार ८७७ किलो फोहोर संकलन गरेको हो। सफाइ अभियानमा सेनाका ३० जना र शेर्पा ४८ जनाको टोलीसहित चार जना चिकित्सक पनि खटिएका थिए।
सेनाले सगरमाथा-ल्होत्से सफा गर्न ५५ दिन कञ्चनजंगा सफा गर्न ४४ दिन र मनास्लु सफा गर्न ४३ दिन लागेको थियो।
नेपाली सेनाको टोलीले यस वर्ष दुई वटा मानव कंकाल समेत फेला पारेको छ। कञ्चनजंगा हिमाल सफा गर्न गएको टोलीले सो कंकाल फेला पारेको हो।
सफा हिमाल कार्यक्रमको उद्घाटन गत चैत २२ गते भएको थियो।








-1787140035.png)


