टेकुकाे पेट्राेल पम्पमा विस्फाेट, २ जना घाइते
ट्याङ्की वेल्डिङ गर्ने क्रममा विस्फोट हुँदा २ जना घाइते भएका छन्।
काठमाडाैं, जेठ २२ : काठमाडौंको टेकुस्थित कनक पेट्रोल पम्पमा ग्यास विस्फाेट भएकाे छ। ट्याङ्की वेल्डिङ गर्ने क्रममा विस्फोट हुँदा २ जना घाइते भएका छन्।
घाइते हुनेमा पर्सा जगन्नाथपुर- ३ का ३० वर्षका किशोरी साह र १८ वर्षका दिपककुमार साह घाइते भएका छन।
इन्धन राख्ने ट्याङ्कीको ढक्कन वेल्डिङ गर्ने क्रममा ग्यास बिस्फोट भएकाे काठमाडौं प्रहरी परिसरले जनाएकाे छ।
किशोरीको दुबै खुट्टा, हात र अनुहारको केही भाग जलेको छ भने दिपकको बाँया गालामा पोलेको प्रहरीले जनाएको छ।
उनीहरुलाई उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर लगिएकाे प्रहरीले जनाएको छ।
प्रकाशित मिति: १८:४८ बजे, आइतबार, जेठ २२, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार








-1787140035.png)


