गैरसांसदलाई मन्त्री बनाउँदै नेकपा एस
काठमाडौं, जेठ २२ : सत्ता साझेदार दल नेकपा एकीकृत समाजवादी (नेकपा एस) ले गैरसांसदलाई मन्त्री बनाउने तयारी थालेको छ। कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको मन्त्रिमण्डलमा...
काठमाडौं, जेठ २२ : सत्ता साझेदार दल नेकपा एकीकृत समाजवादी (नेकपा एस) ले गैरसांसदलाई मन्त्री बनाउने तयारी थालेको छ।
कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको मन्त्रिमण्डलमा मन्त्रीका लागि नेकपा एसले सिफारिस गरिएका शेरबहादुर कुँवर गैरसांसद हुन्।
उनी मन्त्री बने भने वर्तमान मन्त्रिमण्डलमा गैरसांसद मन्त्रीको संख्या दुई हुनेछ। अहिलेका कानुनमन्त्री गोविन्द शर्मा (बन्दी) पनि गैरसांसद नै हुन्।
यसअघि सुदूरपश्चिमबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित उनको कार्यकाल गत फागुनमै सकिएको हो।
नेकपा एसले आफ्ना पार्टीका मन्त्री फेर्ने तयारी गर्दा कुँवरलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीका रूपमा अघि सारिएको हो। आइतबार बसेको सचिवालय बैठकले पार्टीबाट सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाउँदै नयाँ मन्त्री पठाउने निर्णय गरेको हो।
यसअघि पार्टीले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री बनाएर कृष्णकुमार श्रेष्ठलाई पठाएको थियो।








-1787140035.png)


