Kathmandu Press

सिन्धुलीमा बोलेरो दुर्घटना हुँदा चारको मृत्यु

सिन्धुली, माघ २४ : सिन्धुलीको फिक्कल गाउँपालिका–२ चण्डीभन्ञ्याङमा बिहीबार दिउँसाे बोलेरो दुर्घटना हुँदा चार यात्रुको मृत्यु भएको छ । दुर्घटनामा ....

सिन्धुलीमा बोलेरो दुर्घटना हुँदा चारको मृत्यु

सिन्धुली, माघ २४ : सिन्धुलीको फिक्कल गाउँपालिका–२ चण्डीभन्ञ्याङमा बिहीबार दिउँसाे बोलेरो दुर्घटना हुँदा चार यात्रुको मृत्यु भएको छ । दुर्घटनामा ८ जना घाइते भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसा।, फिक्कल–१ महादेवडाँडाबाट खर्कोटतर्फ आउँद गरेको बा. १५ च ९४२२ नम्बरको बोलेरो दुर्घटनामा परेको हो । दुर्घटनामा मृत्यु भएका चारै जनाको सनाखत हुन सकेको छैन् ।

दुर्घटनाका घाइतेलाई उपचारका लागि धुलीखेल पठाउने तयारी भइरहेको जनाएको छ । घाइते आठमध्ये चार जना गम्भीर रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनाको कारण खुलेको छैन् ।

प्रकाशित मिति: १३:२८ बजे, बिहीबार, माघ २४, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्