एकीकृत समाजवादीबाट को–को बन्दैछन् नयाँ मन्त्री ?
भवानी खापुङ स्वास्थ्यमन्त्री बन्नेछन् भने मेटमणि चौधरी शहरी विकास मन्त्री, जीवनराम श्रेष्ठ पर्यटनमन्त्री, शेरबहादुर कुँवर श्रममन्त्री र हिरा केसी स्वास्थ्य राज्यमन्त्री बन्नेछन्।
काठमाडौं, जेठ २२ : सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी) ले आफ्ना पार्टीका मन्त्रि फेर्ने भएको छ । आइतबार बसेको सचिवालय बैठकले पार्टीबाट सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाउँदै नयाँ मन्त्री पठाउने निर्णय गरेको हो।
सचिवालयको निर्णयसँगै पार्टीका अध्यक्ष माधवकुमार नेपाल मन्त्रीको नाम लिएर सिंहदरबार पुगेका छन् । उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई पार्टीबाट मन्त्री बन्ने पाँच नेताको नाम बुझाएको बताइएको छ ।
यसअघि एकीकृत समाजवादीबाट स्वास्थ्यमन्त्री विरोध खतिवडा, पर्यटनमन्त्री प्रेम आले, श्रममन्त्री कृष्णकुमार श्रेष्ठ, शहरी विकास मन्त्री रामकुमारी झाँक्री र स्वास्थ्य राज्यमन्त्री भवानी खापुङ थिए।
एकीकृत समाजवादीका उपमहासचिव गंगालाल तुलाधरका अनुसार भवानी खापुङ स्वास्थ्यमन्त्री बन्नेछन् भने मेटमणि चौधरी शहरी विकास मन्त्री, जीवनराम श्रेष्ठ पर्यटनमन्त्री, शेरबहादुर कुँवर श्रममन्त्री र हिरा केसी स्वास्थ्य राज्यमन्त्री बन्नेछन्।








-1787140035.png)


