Kathmandu Press

कांग्रेसका कारण केही स्थानमा आफ्नो पार्टीले पराजय भोग्नुपर्‍याे : नेपाल

काठमाडाैं, जेठ २२ : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले कांग्रेसका कारण केहL स्थानमा आफ्नो पार्टीले पराजय भोग्नु परेको बताएका छन्।आइतबार काठमाडौंमा मुस्लिम...
कांग्रेसका कारण केही स्थानमा आफ्नो पार्टीले पराजय भोग्नुपर्‍याे : नेपाल

काठमाडाैं, जेठ २२ : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले कांग्रेसका कारण केही स्थानमा आफ्नो पार्टीले पराजय भोग्नु परेको बताएका छन्।

आइतबार काठमाडौंमा मुस्लिम इत्तेहाद संगठन नेपालको बैठकमा अध्यक्ष नेपालले कांग्रेसले राम्रो गरी भोट नखसालेका कारण केही स्थानमा आफ्नो पार्टीले पराजय भोग्नुपरेको बताएका हुन्।

समाजवादीले जितेको भए कांग्रेसलाई पनि फाइदा नै हुने भन्ने कुरा कांग्रेसले पनि बुझ्न जरुरी रहेको उनले बताए। माओवादीभित्र पनि यस्तै स्थिति रहेको उनको भनाइ छ।

उनले निर्वाचनमा मुस्लिम इत्तेहाद संगठनले खेलको भूमिकाको प्रशंसा गरे। 

प्रकाशित मिति: १५:२४ बजे, आइतबार, जेठ २२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्