Kathmandu Press

भावुक हुँदै प्रधानन्त्रीले भने– सुदूरपश्चिममा पहिलेकाेजस्तो दु:ख अहिले छैन 

काठमाडौं, जेठ २२ : प्रधानमन्त्री शेरबहादुर देउवाले सुदूरपश्चिम मुलुककै धनी प्रदेश बन्न सक्ने बताएका छन्। आइतबार काठमाडौंमा आयोजित सुदूरपश्चिमाञ्चल सरोकार समाजको साधारणसभामा बोल्दै प्रधानमन्त्री...
भावुक हुँदै प्रधानन्त्रीले भने– सुदूरपश्चिममा पहिलेकाेजस्तो दु:ख अहिले छैन 

काठमाडौं, जेठ २२ : प्रधानमन्त्री शेरबहादुर देउवाले सुदूरपश्चिम मुलुककै धनी प्रदेश बन्न सक्ने बताएका छन्। आइतबार काठमाडौंमा आयोजित सुदूरपश्चिमाञ्चल सरोकार समाजको साधारणसभामा बोल्दै प्रधानमन्त्री देउवाले सम्भावनाअनुसार लगानी भए सुदूरपश्चिम मुलुककै धनी प्रदेश बन्न सक्ने बताएका हुन्।

उनले सुदूरपश्चिममा अझै धेरै समस्याहरु यथावत् रहेको भएपनि विकासको हिसाबले ठूलो फड्को मारेको बताए। विगतमा आफूले भोगेका सास्तीपूर्ण जीवनको स्मरण गरे। ‘म एसएलसी पास गरेर काठमाडौं छिरेको हुँ। त्यो बेला डडेलधुरादेखि धनगढीसम्म बसमा र त्यसपछि लखनउ हुँदै रेल चढेर, फेरि गाडी चढेर काठमाडौं आउनुपरेको थियो,’ उनले भने, ‘अहिले सुदूरपश्चिम सिधै काठमाडौँसँग जोडिएको छ। अहिले त्यस्तो दुःख छैन।’

उनले सुदूरपश्चिममा गरिबीको समस्या कायम रहेको बताए।‘सुदूरपश्चिमको ठूलो समस्या भनेको गरिबी हो। गरिबी अझै पनि हटेको छैन। सुदूरपश्चिमका सारा युवाहरू लाहुर जाने भन्दै भारततिर छिर्न बाध्य छन्,’ उनले भने,‘ त्यो अनुसार सुदूरपश्चिमको विकास हुन सकेको छैन। पहिलेभन्दा धेरै विकास भएको छ भन्ने लाग्छ। महाकाली त्यही छ, पश्चिम सेती त्यही छ। त्यहाँ थुप्रै सम्भावनाहरू छन्।’

उनले सुदूरपश्चिमको गरिबी र अशिक्षा हटाई समग्र सुदूरपश्चिम प्रदेशको विकासका लागि अझै पनि सबै क्षेत्रबाट पहल हुनु आवश्यक रहेको बताए। ‘यो प्रदेश मानव विकास सूचकांकमा पछाडि छ। यसलाई माथि उठाउनुपर्ने छ। त्यसका लागि तीन वटै तहका सरकारले सहकार्य र समन्वय गरेर काम गर्नुपर्नेछ,’ उनले भने।

 

प्रकाशित मिति: १४:०२ बजे, आइतबार, जेठ २२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्