Kathmandu Press

राजसंस्थाबारे आफ्नो दृष्टिकोण परिवर्तन गरे राप्रपासँग सहकार्य हुन सक्छ : कमल थापा

विराटनगर, जेठ २२ राप्रपा नेपालका अध्यक्ष कमल थापाले राप्रपाले राजसंस्थाबारे आफ्नो दृष्टिकोण परिवर्तन गरे आगामी दिनमा सहकार्य हुन सक्ने बताएका छन्।विराटनगरमा आज (आइतबार)...
राजसंस्थाबारे आफ्नो दृष्टिकोण परिवर्तन गरे राप्रपासँग सहकार्य हुन सक्छ : कमल थापा

विराटनगर, जेठ २२ : राप्रपा नेपालका अध्यक्ष कमल थापाले राप्रपाले राजसंस्थाबारे आफ्नो दृष्टिकोण परिवर्तन गरे आगामी दिनमा सहकार्य हुन सक्ने बताएका छन्।

विराटनगरमा आज (आइतबार) पत्रकारहरुसँग कुराकानी गर्दै अध्यक्ष थापाले त्यस्तो बताएका हुन्। ‘हामी कांग्रेस, एमाले, माओवादीलगायत विभिन्न दलसँग सहकार्य गर्न सक्छौं भने राप्रपासँग सहकार्य र गर्न नसकिने भन्ने नै हुन्न तर त्यसका लागि राजसंस्थालाई हेर्ने दृष्टिकोणमा परिवर्तन गर्नु जरुरी छ।’

उनी पार्टीको अगुवा कार्यकर्ता भेलाका लागि विराटनगर आएका हुन्। सोही क्रममा उनले पत्रकार सम्मेलनको आयोजना गरेका हुन्। त्यसक्रममा उनले डेढ दशकयता राजसंस्थासहितको प्रजातन्त्रका आफू र आफ्नो पार्टीले पहल गरेको उल्लेख गर्दै अब राजसंस्था फर्कन सक्ने कुनै अवस्था नरहेको स्पष्ट पारे।

‘असम्भव एजेन्डा बोकेर जनता र कार्यकर्तालाई भ्रममा राख्दा राम्रा एजेन्डाहरू ओझेलमा पर्छन्,’ उनले भने। उनले धार्मिक द्वन्द्व रोक्न नेपाललाई धार्मिक स्वतन्त्रतासहितको हिन्दुराष्ट घोषणा गर्नुपर्ने माग पार्टीले राख्दै आएको पनि जानकारी दिए।

प्रकाशित मिति: १३:३६ बजे, आइतबार, जेठ २२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्