तीन महिनाभित्र घरका कम्पाउन्डमा अनिवार्य रूपमा बिरुवा रोप्न पाेखरावासीलाई मेयर आचार्यकाे आग्रह
पोखरा, जेठ २२ : पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले तीन महिनाभित्र सबै घरका कम्पाउन्डमा बिरुवा रोप्न नगरवासीलाई आग्रह गरेका छन्। उनले खाली जमिन खोजेर वृक्षरोपण...
पोखरा, जेठ २२ : पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले तीन महिनाभित्र सबै घरका कम्पाउन्डमा बिरुवा रोप्न नगरवासीलाई आग्रह गरेका छन्। उनले खाली जमिन खोजेर वृक्षरोपण कार्यक्रम गर्न पोखराका संघसंस्थाहरुलाई पनि आग्रह गरे।
आज (आइतबार) मनाइँदै गरेको ५०औं विश्व वातावरण दिवसको सन्दर्भ पारेर महानगरले आयोजना गरेको वृक्षरोपण कार्यक्रममा मेयर आचार्यले अबको तीन महिनाभित्र प्रत्येक घरमा अनिवार्य रूपमा बिरुवा रोप्नुपर्ने अभियान घोषणा गरेका हुन्।
उनले ‘एक घर एक वृक्ष’ रोपण कार्यक्रमका लागि महानगरले नै आवश्यक बिरुवा उपलब्ध गराउने दिए । महानगरको वातावरण शाखाले आवश्यक तयारी अगाडि बढाउने उनको भनाइ थियो।
आचार्यले वातावरणीय सन्तुलन कायम राख्न वृक्षरोपण अनिवार्य रहेको बताए। उनले सानो क्षेत्रफलमा बनेका घरमा समेत अक्सिजन दिनेखालका बिरुवा र सडकका पनि बिरुवा रोपे पोखरालाई नाराअनुसार व्यवहारमै स्वच्छ, हराभरा र सुन्दर बनाउन सकिने विश्वास व्यक्त गरे।
वृक्षरोपण गरेर मात्र नभएर त्यसको संरक्षण हुनुपर्नेमा पनि उनले जोड दिए। उनले आफूले रोपेका बिरुवाको संरक्षण सम्बन्धित व्यक्ति र संस्थाले नै गर्नुपर्ने बताए।
महानगरले वडा २४ को कार्यालय र कश्यप ताल परिसरमा विश्व वातावरण दिवसको अवसर पारेर वृक्षरोपण गरेको हो।
आयोजना गरेको वृक्षारोपण कार्यक्रममा मेयर आचार्य, प्रमुख प्रशासकीय अधिकृत बलराम रिजालसहित जनप्रतिनिधि, महानगरका कर्मचारी र स्थानीयको सहभागिता थियो।








-1787140035.png)


