पार्टी कार्यालय विस्तार र व्यवस्थापन गर्न माओवादीले हरेक सदस्यबाट १०० रुपैयाँ उठाउने
आज (आइतबार) बिहान पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास खुमलटारमा बसेको केन्द्रीय कार्यालयको विस्तारित बैठकले त्यस्तो निर्णय गरेको हो।
काठमाडौं, जेठ २२ : माओवादी केन्द्रले पार्टी कार्यालयलाई विस्तार गरी व्यवस्थित ढंगबाट सञ्चालन गर्न हरेक सदस्यबाट कम्तीमा १०० रुपैयाँ उठाउने भएको छ।
आज (आइतबार) बिहान पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास खुमलटारमा बसेको केन्द्रीय कार्यालयको विस्तारित बैठकले त्यस्तो निर्णय गरेको हो।
आठ पार्टी सदस्यहरूबाट कम्तीमा १०० रुपैयाँ एक महिनाभित्रै संकलन गरिने माआवादी केन्द्रका नेता हरिबोल गजुरेलले बताए।
त्यसैगरी पार्टी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीलाई नयाँ ढंगले अघि बढाउन राष्ट्रिय सम्मेलन गर्ने निर्णय पनि बैठकले गरेको उनले बताए।
‘विद्यार्थी संगठनभित्रको समस्याबारे विस्तृत छलफल भयो,’ उनले भने, ‘तत्काल दुवै पक्षलाई राखेर एउटा सहमति निकाल्ने र छिट्टै राष्ट्रिय सम्मेलन गर्ने कुरा भएको छ।’
प्रकाशित मिति: १२:४१ बजे, आइतबार, जेठ २२, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार








-1787140035.png)


