विश्व वातावरण दिवससको अवसरमा उपत्यका विकास प्राधिकरणको र्याली (तस्बिरहरु)
काठमाडौं, जेठ २२ : विश्व वातावरण दिवस, विभिन्न कार्यक्रम गरी आइतबार मनाइएको छ। हरेक वर्षको जुन ५ तारिखमा विश्व वातावरण दिवस मनाउने गरिन्छ ।...
काठमाडौं, जेठ २२ : विश्व वातावरण दिवस, विभिन्न कार्यक्रम गरी आइतबार मनाइएको छ।
हरेक वर्षको जुन ५ तारिखमा विश्व वातावरण दिवस मनाउने गरिन्छ । यस वर्षको दिवसको नारा ‘केवल एउटा पृथ्वी’ रहेको छ।

वातावरणप्रति विश्वमा सचेतना जगाउने उद्देश्यअनुसार संयुक्त राष्ट्र सङ्घको आह्वानमा सन् १९७३ देखि यो दिवस मनाउन थालिएको हो। दिवसका अवसरमा शहरी बिकास मन्त्रालय, काठमाडौं उपत्यका बिकास प्राधिकरणको आयोजनामा काठमाडौंको धोविखोला करिडोरमा जनचेतनामुलक र्याली निकालिएको थियो ।

र्यालीमा सहभागीहरुले जथाभावी फोहर नफालौ, सभ्य नगरिकको परिचयन दिउ, वातावरण जोगाऔं लगाएतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

प्राधिकरणका बिकास आयुक्त जानुका ढकालले घरको फोहरलाई जथाभावी नफाल्न आग्रह गदै धोविखोला करिडोरमा जनचेतनामुलक र्याली निकालिएको जानकारी दिए।

संयुक्त राष्ट्रसंघले सन् २०२१ देखि २०३० सम्मको दशकलाई परिस्थितिकीय प्रणालीको पुनःस्थापनाको दशकको रुपमा मनाउन आह्वान गरेको छ।








-1787140035.png)


