Kathmandu Press

सवारी दुर्घटनामा घाइते राप्रपा नेता श्रेष्ठको निधन 

काठमाडौं, जेठ २२ : राष्ट्रिय प्रजातन्त्र पार्टी खोटाङका नेता एवम् पूर्व जिल्ला अध्यक्ष जीवनकुमार श्रेष्ठको निधन भएको छ।खोटाङमा सवारी दुर्घटनामा परी घाइते भएका श्रेष्ठको...
सवारी दुर्घटनामा घाइते राप्रपा नेता श्रेष्ठको निधन 

काठमाडौं, जेठ २२ : राष्ट्रिय प्रजातन्त्र पार्टी खोटाङका नेता एवम् पूर्व जिल्ला अध्यक्ष जीवनकुमार श्रेष्ठको निधन भएको छ।

खोटाङमा सवारी दुर्घटनामा परी घाइते भएका श्रेष्ठको आइतबार बिहान निधन भएको हो। काठमाडौंको न्युरो अस्पतालमा उपचारको क्रममा ५८ वर्षको उमेरमा निधन भएको राप्रपाका प्रवकत मोहन श्रेष्ठले जानकारी दिए। 

श्रेष्ठ १५ वर्षभन्दा लामो समयसम्म खोटाङ जिल्लाको राप्रपा अध्यक्ष रहेका थिए ।

श्रेष्ठको निधनबाट नेपालको राष्ट्रवादी आन्दोलन र राप्रपालाई ठूलो क्षति भएको प्रवक्ता श्रेष्ठले बताएका छन् ।

प्रकाशित मिति: ११:५५ बजे, आइतबार, जेठ २२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्