काठमाडौं महानगरले थाल्यो होटल, रेस्टुरेन्टका शौचालयलाई सार्वजनिक शौचालय बनाउने प्रक्रिया

काठमाडौं, जेठ २२ : काठमाडौं महानगरपालिकाले होटल, रेस्टुरेन्ट, बैंक लगायतको शौचालयलाई सार्वजनिक शौचालयको रुपमा प्रयोग गर्न दिने प्रक्रिया थालेको छ।
महानगरले आइतबार एक सूचना जारी गर्दै होटल, रेस्टुरेन्ट, बैंक लगायतलाई आफ्नो शौचालयलाई सर्वसाधारणका लागि सार्वजनिक शौचालयको रुपमा प्रयोग गर्न दिने भए एक साताभित्र सम्पर्कमा आउन आग्रह गरेको छ।
महानगरपालिकाको नगरसभाको पहिलो बैठकमा मेयर बालेन शाहले महानगरभित्रका निजी व्यापरिक क्षेत्रका शौचालयलाई पनि सर्वसाधारणले प्रयोग गर्न मिल्ने गरी महानगरले समन्वय गर्ने बताएका थिए । सोही अनुसार महानगरले होटल, रेष्टुरेन्ट, बैंक, व्यापारिक भवन, मल, सपिङ कम्प्लेक्स, कम्पनी, फर्म, व्यवसायी, गैरसरकारी संघ–संस्थालगायतलाई सार्वजनिक रूपमा आह्वान गरेको हो।
इच्छुक सम्बद्ध सरोकारवाला व्यक्ति तथा निकायले सात दिनभित्र सार्वजनिक निजी साझेदारी इकाइ, बबरमहल जिसस भवन वा प्रशाशन विभाग, काठमाडौं महानगरमा सम्पर्क गर्न भनिएको छ।








-1787140035.png)


