Kathmandu Press

रोहिणी बस दुर्घटना अपडेट : मृतक ९ मध्य ५ जनाको सनाखत

जनकपुरबाट भैरहवा आउँदै गरेको लु २ ख ३८४१ नम्बरको बस भैरहवा–परसी हुलाकी सडक खण्डमा स्थित पुलबाट खसेको थियो। 
रोहिणी बस दुर्घटना अपडेट : मृतक ९ मध्य ५ जनाको सनाखत

काठमाडौं, जेठ २२ : रुपन्देहीको रोहिणी खोलामा भएको बस दुर्घटनामा परि मृत्यु भएका ९ मध्ये ५ जनाको सनाखत भएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार दुर्घटनामा मृत्यु भएका मध्ये ४ जनाको परिचय खुल्न बाँकी छ। 

भैरहवास्थित युनिभर्सल शिक्षण अस्पतालमा उपचारका लागि पुऱ्याइएका २० जना घाइतेमध्ये ५ जनाको मृत्यु भएकोमा ३ जनाको सनाखत भएको छ भने भीम अस्पतालमा मृत्यु भएका २ जनाको सनाखत भएको छ । 

रुपन्देही डिएपी नवरत्न पौडेलका अनुसार मृत्यु हुनेमा बुटवल योगीकुटीका ५६ वर्षीय विष्णु पौडेल, रौतहट जिल्लाका २० वर्षीय दिनेश दास र बुटवल ११ कालिकानगरका कृष्णप्रसाद बस्याल र रुपन्देहीको ओमसतिया–४ मटेरियाका राजेन्द्रप्रसाद पाण्डे रहेको खुलेको छ ।  दुर्घटनामा ४० वर्षीय भारतीय नागरिक अरविन्द शर्माको पनि मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । 

जनकपुरबाट भैरहवा आउँदै गरेको लु २ ख ३८४१ नम्बरको बस भैरहवा–परसी हुलाकी सडक खण्डमा स्थित पुलबाट खसेको थियो । 

प्रकाशित मिति: १०:०३ बजे, आइतबार, जेठ २२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्