Kathmandu Press

रोहिणी बस दुर्घटना : घाइतेको उपचारमा कुनै कसर बाँकी नराख्न गृहमन्त्रीको निर्देशन 

काठमाडौं, जेठ २१ : गृहमन्त्री बालकृष्ण खाणले जनकपुरबाट भैरहवा जाँदै गरेको यात्रुबाहक बस दुर्घटनामा घाइते भएकाहरूको शीघ्र स्वास्थ्योपचार गर्न कुनै कसुर बाँकी नराख्न निर्देशन...
रोहिणी बस दुर्घटना : घाइतेको उपचारमा कुनै कसर बाँकी नराख्न गृहमन्त्रीको निर्देशन 

काठमाडौं, जेठ २२ : गृहमन्त्री बालकृष्ण खाणले जनकपुरबाट भैरहवा जाँदै गरेको यात्रुबाहक बस दुर्घटनामा घाइते भएकाहरूको शीघ्र स्वास्थ्योपचार गर्न कुनै कसुर बाँकी नराख्न निर्देशन दिएका छन्। 

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारी, लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक नलप्रसाद उपाध्याय, रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक रविन्द्र रेग्मीलाई टेलिफोन गरी घाइतेहरूलाई तत्काल अस्पत्ताल पु¥याएर उपचारको व्यवस्था गर्न निर्देशन दिएका हुन्। 

त्यस्तै उनले घाइतेहरूको उपचार भइरहेको भीम अस्पतालका अध्यक्ष कुलप्रसाद न्यौपाने र मेडिकल सुपरीटेण्डेन्ट डा.शकुन्तला गुप्ता तथा युनिभर्सल मेडिकल कलेजका प्रशासन प्रमुख तेज केसीलाई घाइतेहरूको यथाशक्य उपचारको व्यवस्था गर्न आग्रह गरे। 

जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रमुख प्रहरी उपरीक्षक उपरीक्षक रेग्मीका अनुसार बिहान चार बजेर ४५ मिनेट जाँदा रोहीणी गाउँपालिका ३ मा पर्ने भैरहवा परासी हुलाकी सडकखण्डमा पर्ने रोहीणाी पुलमा जनकपुरबाट भैरहवा आउँदै गरेको लु २ ख ३८४१ नम्बरको बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा एक महिला र ८ पुरुष रहेको प्रहरी उपरीक्षक रेग्मीले जानकारी दिनुभयो । मृतकमध्य ५ जननो सनाखत भएको छ । रेग्मीका अनुसार रुपन्देही ओमसतियाका राजेन्द्र पाण्डे, रुपन्देही तिलोत्तमा २ का विष्णु पौडेल, रौतहट चपुरका दिनेश दास, रुपन्देही कालिकानगरका कृष्णप्रसाद बस्याल र भारतका अरविन्द्र शर्माको सनाखत भएको छ । बाँकीको सनाखत हुन बाँकी छ । बसमा सवार ३३ जना सबै घाइते छन् ।

नेपाल प्रहरीका लुम्बिनी प्रदेश प्रमुख नायब महानिरीक्षक उपाध्यायले प्रारम्भिक अनुसन्धानमा बसका चालक निदाउँदा दुर्घटना भएकोजस्तो देखिएको बताए । घाइतेहरूको भीम अस्पताल र युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ ।    

भीम अस्पतालका अध्यक्ष न्यौपानेले बस दुर्घटनामा घाइते भएकाहरूलाई प्राथमिकतामा राखेर उपचारको व्यवस्था गर्न गृहमन्त्री खाणले आग्रह गरेको जानकारी दिए । ‘यात्रुबाहक बस दुर्घटनामा परेर घाइते भएकाहरूलाई प्राथमिकतामा राखेर उपचारको व्यवस्था गर्न गृहमन्त्रीले भन्नुभएको छ,’ अध्यक्ष न्यौपानेले भने, ‘अस्पतालको क्षमताअनुसार हामीले उपचार गरिरहेका छौँ । गम्भीर विरामीलाई मेडिकल कलेजमा रेफर गरिरहेका छौँ ।’

युनिभर्सल मेडिकल कलेजका प्रशासन प्रमुख केसीले यात्रुबाहक बस दुर्घटनामा घाइते भएकाहरूको तदारुकताका साथ ध्यान दिएर उपचारको व्यवस्था मिलाउन गृहमन्त्री खाणले आग्रह गरेको जानकारी दिए। ‘यात्रुबाह बस दुर्घटनामा उपचार भएकाहरूको उपचार तदारुकताका साथ गरिदिनुहोला,’ प्रशासन प्रमुख केसीले भनृ ‘उपचारपछि गृहबाट गर्नुपर्ने व्यवस्था हुन्छ ।’

प्रकाशित मिति: ०९:५४ बजे, आइतबार, जेठ २२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्