खुमलटारमा माओवादी पूर्व स्थायी समिति सदस्यको बैठक
काठमाडौं, जेठ २३ : नेकपा (माओवादी केन्द्र) का पूर्व स्थायी समिति सदस्यको बैठक शुरु भएको छ।माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा पूर्व...
काठमाडौं, जेठ २३ : नेकपा (माओवादी केन्द्र) का पूर्व स्थायी समिति सदस्यको बैठक शुरु भएको छ।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा पूर्व स्थायी समिति सदस्यको बैठक शुरु भएको केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले बताए।
उनका अनुसार बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा, पार्टी पदाधिकारीलाई पूर्णतालगायत एजेन्डाबारे छलफल चलिरहेको छ।
यसअघि शनिबार दिउसो पूर्व स्थायी समिति सदस्यको बैठक बोलाइएको थियो। तर, तयारी नपुगेको भन्दै स्थगित गरिएको थियो।
स्थानीय तह निर्वाचनमा महानगरपालिका र उपमहानगरपालिकामा तालमेल सन्तोषजनक भए पनि नगरपालिका र गाउँपालिकामा कार्यान्वयन नभएको माओवादी नेताहरु बताउँदै आएका छन्।
प्रकाशित मिति: ०८:३५ बजे, आइतबार, जेठ २२, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार








-1787140035.png)


