Kathmandu Press

रोहिणी खोला दुर्घटना: नौ यात्रुको मृत्यु, २४ घाइते

जनकपुरबाट भैरहवा जाँदै गरेको यात्रुबाहक बस दुर्घटनामा मृत्यु हुनेको संख्या नौ पुगेको छ भने २४ जना घाइते भएका छन्।
रोहिणी खोला दुर्घटना: नौ यात्रुको मृत्यु, २४ घाइते

रुपन्देही, जेठ २३ : जनकपुरबाट भैरहवा जाँदै गरेको यात्रुबाहक बस दुर्घटनामा मृत्यु हुनेको संख्या नौ पुगेको छ भने २४ जना घाइते भएका छन्।

आज बिहान ४ः३५ बजे रूपन्देहीको रोहिणी खोलामा बस दुर्घटना भएको हो। यात्रुबाहक बस पुलबाट खोलमा खसेको रुपन्देहीका प्रहरी नायव उपरीक्षक नवरत्न पौडेलले जानकारी दिए।

जनकपुरबाट आएको लु २ ख ३८४१ नम्बरको बस दुर्घटना हुँदा नौ जनाको मृत्यु भएको छ। पाँच जनाको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा र चार जनाको भीम अस्पतालमा उपचारका क्रममा मृत्यु भएको डीएसपी पौडेलले बताए।

प्रहरीका अनुसार बसमा ३३ जना सवार रहेका थिए। दुर्घटनामा २४ जना घाइते भएका छन्। उनीहरुको युनिभर्सल मेडिकल कलेज, भीम अस्पताल र सिद्धार्थनगर सिटी अस्पतालमा उपचार भइरहेको छ। केहीको अवस्था गम्भिर रहेको अस्पतालले जनाएको छ।

बस पुलको बार बाँचेर खोलमा खसेको हो। दुर्घटनाको कारण खुल्न सकेको छैन।

 

प्रकाशित मिति: ०७:३६ बजे, आइतबार, जेठ २२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्