Kathmandu Press

पुलबाट बस खस्दा पाँच जनाको मृत्यु, केही घाइते

जनकपुर, जेठ २३ : जनकपुरबाट भैरहवा तर्फ जाँदै गरेको यात्रुबाहक बस आज बिहान दुर्घटना भएको छ।आइतबार बिहान पौने ५ बजे भैरहवा परासी हुलाकी...
पुलबाट बस खस्दा पाँच जनाको मृत्यु, केही घाइते
रोहिणी खोलमा दुर्घटनाग्रस्त बस।

जनकपुर, जेठ २३ : जनकपुरबाट भैरहवा तर्फ जाँदै गरेको यात्रुबाहक बस आज बिहान दुर्घटना भएको छ।

आइतबार बिहान पौने ५ बजे भैरहवा परासी हुलाकी राजमार्गस्थित रोहिणी खोलामा लु २ ख ३८ ४१ नम्बरको बस दुर्घटना भएको हो। दुर्घटनामा पाँच जनाको मृत्यु भएको रुपन्देहीका एसपी रवीन्द्र रेग्मीले बताए।

यात्रुबाहक बस पुलबाट खोलामा खसेको उनले बताए। उनका अनुसारमा खोलमा खसेको बसलाई जेसीभीको सहायताले पल्टाइएको छ।

बसमा सवार यात्रुको उद्धार गरिएको छ। अहिलेसम्म पाँच जनाको शव भेटिएको उनले बताए। मृतकको संख्या बढ्न सक्ने उनको भनाइ छ।

केही यात्रु घाइते भएका छन्। उनीहरुलाई उपचारका लागि जनकपुर लगिएको छ।

 

प्रकाशित मिति: ०६:५९ बजे, आइतबार, जेठ २२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्