बुङमती पुर्याइयाे राताे मच्छिन्द्रनाथको मूर्ति

काठमाडाैं, जेठ २१ : रातो मच्छिन्द्रनाथको मूर्तीलाई बुङमती पुर्याइएकाे छ।
दिउँसाे जाउलाखेलमा भाेटाे देखाएपछि मच्छिन्द्रनाथको मूर्तिलाई खटमा राखेर बुङमती लगिएकाे हाे।
पाटनमा ६ महिना बसेर आएकाे मच्छिन्द्रनाथको मूर्तिलाई बुङमतीमा स्थानीयहरूले पराल बालेर स्वागत गरेका छन।
भोटो देखाएपछि रातो मच्छिन्द्रनाथको जात्रा सकिएकाे छ।
प्रकाशित मिति: २०:५९ बजे, शनिबार, जेठ २१, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार