Kathmandu Press

कालीगण्डकी ए विद्युतगृहको बिजुली पनि भारत निर्यात सुरू, प्रतियुनिट १९ रुपैयाँ

काठमाडाैं, जेठ २१ : १४४ मेगावाट जडित क्षमताको कालीगण्डकी ए विद्युतगृहबाट उत्पादित विद्युत भारत निर्यात हुने भएको छ।नेपाल विद्युत प्राधिकरणले कालीगण्डकी विद्युतगृहबाट उत्पादित...
कालीगण्डकी ए विद्युतगृहको बिजुली पनि भारत निर्यात सुरू, प्रतियुनिट १९ रुपैयाँ

काठमाडाैं, जेठ २१ : १४४ मेगावाट जडित क्षमताको कालीगण्डकी ए विद्युतगृहबाट उत्पादित विद्युत भारत निर्यात हुने भएको छ।

नेपाल विद्युत प्राधिकरणले कालीगण्डकी विद्युतगृहबाट उत्पादित विद्युत शनिबार राति १२ बजेबाट निर्यात सुरू गर्न लागेको हो।

नेपाल विद्युत प्राधिकरणले कालीगण्डकी विद्युतगृहबाट उत्पादित विद्युत शनिबार राति १२ बजेदेखि निर्यात सुरु गर्न लागेको हो ।

प्राधिकरणले भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स) मा बिहीबारदेखि त्रिशुली र देवीघाट जलविद्युगृहबाट उत्पादित विद्युतलाई स्रोत मानी दैनिक करिब ३९ मेगावाट विद्युत निर्यात गरिरहेको छ।

कालीगण्डकीको पनि सुरु भएसँगै प्राधिकरणले निर्यात गर्ने विजुली दैनिक १७७.७ मेगावाट पुग्नेछ। कालीगण्डकी ए को १४० मेगावाट, त्रिशूलीको २३.२ मेगावाट र देवीघाटको १४.५ मेगावाट विद्युत भारत निर्यात हुने छ।

नदीनालामा पानीको वहाव बढेर विद्युतगृहहरु पूर्ण क्षमतामा चल्न थालेपछि आन्तरिक रुपमा खपत गरी बढी भएको बिजुली भारत निर्यात गर्न थालिएको हो।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले शनिबार रातिदेखि निर्यात हुने विजुलीको औसत बिक्री मूल्य प्रतियुनिट ११.२ रुपैयाँ (७ भारु) रहेको बताए। ‘अधिकतम दर प्रतियुनिट १९ रुपैयाँ (१२ भारु), न्यूनतम २.३८ रुपैयाँ (१.४९ भारु) र औसत दर ११.२ रुपैयाँ (७ भारु) छ’, घिसिङले भने।

आइएक्समा २४ घण्टालाई १५/१५ मिनेटको ९६ वटा ब्लकमा विभाजन गरी बजारले तय गरेको प्रतिस्पर्धी दरमा विद्युतको कारोबार गरिन्छ। त्यसैले हरेक ब्लकको मूल्य फरक फरक हुने गरेको छ।

प्राधिकरणका अनुसार बिहीबार निर्यात गरिएको विजुलीको अधिकतम मूल्य भारु १२ (१९.२ नेरु) र न्युनतम २.४९ (३.९८ नेरु) छ। त्यस दिनको औसत मूल्य प्रतियुनिट भारु ६.७२ (१०. ७६ नेरु) थियो।

यसैगरी, शनिबार प्रधिकरणले अधिकतकम प्रतियुनिट मूल्य १९.२ रुपैयाँ (१२ भारु) र न्यूनतम ४.०८ रुपैयाँ (२.५५ भारु) मा बिजुली बिक्री गरेको छ।

प्रकाशित मिति: २०:४० बजे, शनिबार, जेठ २१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्