ओलीविरूद्ध बाेलेकाे भन्दै भूसाललाई कारवाहीको सिफारिस
अनुशासन आयोगले अध्यक्ष केपी शर्मा ओलीको आलोचना गरेकाे भन्दै भूसाललाई कारवाहीकाे लागि सिफारिस गरेकाे हाे।
काठमाडाैं, जेठ २१ : नेकपा एमालेका स्थायी कमिटी सदस्य घनश्याम भूसाललाई कारवाही हुने भएकाे छ। अनुशासन आयोगले अध्यक्ष केपी शर्मा ओलीको आलोचना गरेकाे भन्दै भूसाललाई कारवाहीकाे लागि सिफारिस गरेकाे हाे।
एमाले सचिवालयको बैठकले पार्टीकाे हित विपरीत गएकाले उनलाई कारवाहीकाे सिफारिस गरेकाे आयोगका अध्यक्ष केशव बडालले बताए। पार्टीमा बसेर पार्टीको विरुद्धमा, अध्यक्षको विरुद्धमा, महाधिवेशनको विरुद्धमा, नीतिको विरुद्धमा बाेल्ने र पार्टीकाे विधान विपरित कार्य गर्नेलाई कारवाही हुने उनले बताए।
स्थानीय चुनावपछि भूसालले एक अन्तर्वार्तामा अध्यक्ष ओलीको आलोचना गरेका थिए।
प्रकाशित मिति: २०:१४ बजे, शनिबार, जेठ २१, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार








-1787140035.png)


