Kathmandu Press

अछाममा प्रहरीद्वारा ८ राउन्ड हवाइ फायर र ३ राउन्ड अश्रुग्यास प्रहार

काठमाडाैं, जेठ २१ : अछामकाे पञ्चदेवल विनायक नगरपालिका–४ मा एक किशाेर मृत अवस्थामा भेटिएपछि स्थानीयले प्रदर्शन गरेका छन्।पञ्चदेवल विनायक नगरपालिका-४ काे घर नजिकै...
अछाममा प्रहरीद्वारा ८ राउन्ड हवाइ फायर र ३ राउन्ड अश्रुग्यास प्रहार

काठमाडाैं, जेठ २१ : अछामकाे पञ्चदेवल विनायक नगरपालिका–४ मा एक किशाेर मृत अवस्थामा भेटिएपछि स्थानीयले प्रदर्शन गरेका छन्।

पञ्चदेवल विनायक नगरपालिका-४ काे घर नजिकै १५ वर्षका किशोर विनाेद शाही मृत अवस्थामा फेला परेपछि स्थानीयले प्रदर्शन गरेका हुन।

स्थानीयले घटनाको सत्य तथ्य पत्ता लगाउन र दोषीलाई कारबाही माग राख्दै प्रहरीलाई शव उठाउन नदिएपछि तनावकाे स्थिती सृजना भएकाे हाे। स्थानीयकाे अवराेधका कारण तनाव सिर्जना भएपछि प्रहरीले अश्रुग्यास प्रहार र हवाई फायरसमेत गरेकाे छ।

प्रहरीले स्थिति नियन्त्रणमा लिन ८ राउन्ड हवाइ फायर र ३ राउन्ड अश्रुग्यास प्रहार गरेको छ। तर आक्राेशित स्थानीयले प्रहरी प्रशासनविरूद्व नाराबाजी गर्दै प्रदर्शन जारी राखेका छन्।

शाही १७ गतेदेखि वेपत्ता रहेका थिए।

प्रकाशित मिति: १९:४४ बजे, शनिबार, जेठ २१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्