Kathmandu Press

प्रधानमन्त्री देउवा भेट्न बालुवाटार पुगे महन्थ ठाकुर

काठमाडाैं, जेठ २१ : प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न र लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर बालुवाटार पुगेका छन।शनिबार दिउँसो...
प्रधानमन्त्री देउवा भेट्न बालुवाटार पुगे महन्थ ठाकुर

काठमाडाैं, जेठ २१ : प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर बालुवाटार पुगेका छन।

शनिबार दिउँसो प्रधानमन्त्री देउवाले बाेलाएपछि अध्यक्ष ठाकुर प्रधानमन्त्री निवास बालुवाटारमा पुगेका हुन।

प्रधानमन्त्री देउवाले पार्टी अध्यक्ष ठाकुरलाई मिटिङका लागि बोलाएको र भेटमा आगामी संघ र प्रदेशको निर्वाचनमा हुने गठबन्धनबारे छलफल भएकाे थियाे। प्रधानमन्त्री देउवालाइर् भेट्न अध्यक्षा ठाकुर बालुवाटार पुगेकाेले आजकाे केन्द्रीय कार्यकारिणी समितिको बैठक स्थगित गरिएको थियाे।

यसैबीच, लोकतान्त्रिक समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठक भोलि (आइतबार) बिहान ११ बजे पनि बोलाइएको छ।

प्रकाशित मिति: १८:२९ बजे, शनिबार, जेठ २१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्