Kathmandu Press

एमालेले कसैलाई प्रधानमन्त्री बनाउने अफर दिएकाे छैन : नेता विश्वकर्मा

काठमाडाैं, जेठ २१ : एमाले नेता छविलाल विश्वकर्माले आगामी संघ र प्रदेशको निर्वाचनसम्म सत्तारुढ गठबन्धन कुनै हालतमा टिक्न नसक्ने बताएका छन्।१७औं जातीय भेदभाव...
एमालेले कसैलाई प्रधानमन्त्री बनाउने अफर दिएकाे छैन : नेता विश्वकर्मा

काठमाडाैं, जेठ २१ : एमाले नेता छविलाल विश्वकर्माले आगामी संघ र प्रदेशको निर्वाचनसम्म सत्तारुढ गठबन्धन कुनै हालतमा टिक्न नसक्ने बताएका छन्।

१७औं जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको अवसर पारेर शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले त्यस्ताे बताएका हुन्।

पूर्वमन्त्रीसमेत रहेका विश्वकर्माले सत्तारुढ गठबन्धनलाई टिकाउने नाममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमालेले प्रधानमन्त्रीमा अफर गरिरहेको हल्ला चलाएको पनि बताए।

उनले एमालेले कसैलाई पनि प्रधानमन्त्री बनाउने अफर नदिएकाे स्पष्ट पारे। गठबन्धनमा आफ्नो प्रभाव विस्तार गर्न प्रचण्ड र नेपालले त्यस्ताे हल्ला चलाएको दाबी उनले गरे।

स्थानीय  निर्वाचनमा एमालेले आन्तरिक कारणले अपेक्षित नतिजा हासिल गर्न नसकेको उल्लेख गर्दै उनले आगामी संघ र प्रदेशको निर्वाचनमा भने पार्टीको सिंगो शक्तिलाई परिचालन गरेर अघि बढ्ने र राम्राे नतिजा ल्याउने विश्वास उनले व्यक्त गरे।

प्रकाशित मिति: १८:०८ बजे, शनिबार, जेठ २१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्