Kathmandu Press

चलचित्रकर्मीका समस्या समाधानका लागि पहल गर्छु : मन्त्री आले

काठमाडाैं, जेठ २१ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले चलचित्रकर्मीका समस्या समाधानका लागि आफूले पहल गर्ने बताएका छन्।आज नेपाल चलचित्र सङ्घको...
चलचित्रकर्मीका समस्या समाधानका लागि पहल गर्छु : मन्त्री आले

काठमाडाैं, जेठ २१ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले चलचित्रकर्मीका समस्या समाधानका लागि आफूले पहल गर्ने बताएका छन्।

आज नेपाल चलचित्र सङ्घको ४७औँ वार्षिक साधारणसभाको उद्घाटन सत्रमा उनले चलचित्रकर्मी देशलाई चिनाउने एक धरोहर भएकाले उनीहरुलाई परेका समस्या तथा बाधा अवरोधसहित समस्या समाधानका लागि आफू सधैँ लागि पर्ने बताए।

मन्त्री आलेले चलचित्रकर्मीलाई आफ्ना चलचित्र छायाङ्कन गर्न यहाँका पर्यटकीय तथा हिमाली क्षेत्रमा जाँदा आवश्यकपर्ने सहयोगका लागि आफूसहित मन्त्रालय सधैँ तयार रहने प्रतिबद्धता व्यक्त गरे। नेपाल कला, संस्कृतिका हिसाबले धनी देश भएकाले यहाँका पर्यटकीय तथा कला, संस्कृतिका विषयमा चलचित्र निर्माण गर्न पनि उनले चलचित्रकर्मीलाई आग्रह गरे।

चलचित्र क्षेत्रलाई डिजिटल युगमा अगाडि बढाउनमा चलचित्र सङ्घले उल्लेख्य भूमिका निर्वाह गरेको भन्दै मन्त्री आलेले खुलेर सङ्घको प्रशंसासमेत गरेका थिए।

उनले छिमेकी मुलुक भारतका कलाकारलाई मन्त्रीस्तरको सम्मान दिइने गरेको र नेपालका कलाकारले विदेश जाँदा विमास्थलमा भिआइपी कक्षसमेत नपाउने गरेको गुनासो आएकाले मन्त्रालयकातर्फबाट कलाकारलाई विशिष्ठ कक्ष उपलब्ध गराउन गृह मन्त्रालयमा पासका लागि पत्र लेखी पठाउनेसमेत जानकारी गराए।

'कोभिडका कारण चलचित्रकर्मीले विद्युत् महसुलदेखि विभिन्न समस्या भोग्नुपरेको छ, त्यो समस्या समाधानका लागि म पहल गर्नेछु,' मन्त्री आलेले भने, 'कोभिडका कारण चलचित्रकर्मीले भोग्नुपरेका समस्या समाधानका लागि मसहित मेरो मन्त्रालय तयार छ।' 

उनले सुदूरपश्चिमका खप्तड, बडिकेदार, बडिमालिका, जोरायलको छहरा, छतिवनताललगायतका प्रमुख पर्यटकीय क्षेत्रमा गएर आफ्ना चलचित्र छायाङ्कन गरिदिनसमेत आग्रह गरे।

उक्त कार्यक्रममा चलचित्र क्षेत्रमा उल्लेख्य योगदान दिने वरिष्ठ नायक तथा चलचित्र निर्मातालाई प्रमाणपत्रसहित सम्मानसमेत गरिएको थियो।

प्रकाशित मिति: १८:०३ बजे, शनिबार, जेठ २१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्