Kathmandu Press

‘सुशासन कायम गरी आर्थिक समस्या समाधान गर्नुपर्छ’

‘सुशासन कायम गरी आर्थिक समस्या समाधान गर्नुपर्छ’

मोरङ, जेठ २१ : राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुकमा सुशासन कायम गरी आर्थिक समस्या समाधान गर्नुपर्ने बताएका छन्। 

मुलुकका समसामयिक परिस्थिति र मुख्य चुनौतीका बारेमा समाजका प्रबुद्ध वर्ग एवं बुद्धिजीवी तथा प्रदेशस्तरीय अगुवा कार्यकर्ताको आज मोरङमा आयोजित अन्तरक्रियामा उनले नेपालीहरुको परम्परा, धर्म, संस्कृतिलाई सँगै संरक्षण गर्नाका साथै सबै नेपालीबीच भाइचारा स्थापना गर्नु नै पार्टीको उद्देश्य रहेको विचार राखे।

अध्यक्ष थापाले सम्पूर्ण कार्यकर्ताहरुलाई आफ्नो क्षेत्रमा सङ्गठन निर्माणमा जुट्न आग्रह गर्दै आगामी प्रदेश र संसदीय निर्वाचनमा उम्मेदवारलाई अत्यधिक क्षेत्रमा विजयी तुल्याउन अहिलेदेखि खट्न निर्देशन दिए।

कार्यक्रममा पार्टीका १४ जिल्लाका कार्यकर्ता एवं सुनसरी मोरङ, झापाका प्रबुद्ध वर्ग एवं बुद्धिजीवीको सहभागिता थियो।

प्रकाशित मिति: १७:४० बजे, शनिबार, जेठ २१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्