Kathmandu Press

यौन दुर्व्यवहारको आरोप लागेका सर्वनाम शिक्षालयका होस्टल वार्डेन फरार, प्रिन्सिपल नियन्त्रणमा

प्रहरीका अनुसार छात्राहरुले घटनाबारे बिहीबार नै प्रिन्सिपललाई जानकारी गराएको भए पनि कुनै कदम नचालिएको भन्दै अभिभावकहरूले गुनासो गरेका छन्।
यौन दुर्व्यवहारको आरोप लागेका सर्वनाम शिक्षालयका होस्टल वार्डेन फरार, प्रिन्सिपल नियन्त्रणमा

काठमाडौं, जेठ २१ : यौन दुर्व्यवहार आरोप लागेपछि काठमाडौं जोरपाटीस्थित सर्वनाम शिक्षालयका होस्टल वार्डेन रामजी बस्नेत फरार भएका छन्।

सो विद्यालयका छात्राहरुले यौन दुर्व्यवहार आरोप लगाएपछि उनी फरार भएको महानगरीय प्रहरी वृत्त बौद्धले जनाएको छ।

आफ्ना सन्तानमाथि यौन दुर्व्यवहार भएको खबर पाएपछि आक्रोशित बनेका अभिभावकहरु आज (शनिबार) होस्टलमा पुगेका थिए। 

होस्टल घेर्न पुगेका उनीहरुले आरोपित होस्टल वार्डेन, विद्यालय प्रशासनविरुद्ध नाराबाजी गर्नुका साथै घटनाको अनुसन्धान र दोषीमाथि कडाभन्दा कडा कारबाही हुनुपर्ने माग राखेका छन्।

होस्टलमा नाराबाजी भएपछि सुरक्षा दिन पुगेको प्रहरीले प्रिन्सिपल दुर्गानाथ शिवाकोटी र उनकी पत्नीलाई नियन्त्रणमा लिएको छ। उनीहरूलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ।

प्रहरीका अनुसार छात्राहरुले घटनाबारे बिहीबार नै प्रिन्सिपललाई जानकारी गराएको भए पनि कुनै कदम नचालिएको भन्दै अभिभावकहरूले गुनासो गरेका छन्।

अभिभावकहरुले यौन दुर्व्यवहारका आरोपित होस्टल वार्डेनविरुद्ध प्रहरी वृत्त बौद्धमा जाहेरी दिने तयरी गरेकाे जनाइएकाे छ।

प्रकाशित मिति: १७:३२ बजे, शनिबार, जेठ २१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्