निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल नबनाउने सर्वोच्चको निर्णयविरुद्ध काठमाडौंमा प्रदर्शन
काठमाडाैं, जेठ २१ : बाराको निजगढमा अन्तराष्ट्रिय विमानस्थल नबनाउने सर्वोच्चको निर्णयविरुद्ध काठमाडौंमा प्रदर्शन भएको छ।निजगढ अन्तराष्ट्रिय बिमानस्थल निर्माण बिकास पक्षधरहरुले उक्त बिमानस्थल अघि...
काठमाडाैं, जेठ २१ : बाराको निजगढमा अन्तराष्ट्रिय विमानस्थल नबनाउने सर्वोच्चको निर्णयविरुद्ध काठमाडौंमा प्रदर्शन भएको छ।
निजगढ अन्तराष्ट्रिय बिमानस्थल निर्माण बिकास पक्षधरहरुले उक्त बिमानस्थल अघि बढाउन दिनुपर्ने भन्दै शनिबार काठमाडौंको माइतिघरमा विरोध प्रदर्शन गरेका हुन्। उनीहरुले उक्त विमानस्थल बनाउँदा देशलाई हानी हुने गरी कुनै विनाश नहुने बताएका थिए।
त्यस्तै उनीहरुले कार्यपालिकाको कामप्रति हस्तक्षेप बन्द गर, सर्वोच्चको दुर्भाग्यपूर्ण फैसला पुनबिचार गर, खर्च हाम्रो भै सक्यो फिर्ता कसरी आउछ लगाएतका प्लेकार्ड प्रदर्शन गरेका थिए।
कुनै पनि बिकासमा बिनास हुन सक्ने भन्दै २४ लाख रुख काटिने कुरा अनावश्यक प्रचार भएको उनीहरुले बताएका छन्।.
सर्वोच्च अदालतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अर्को वैकल्पिक विमानस्थल चाहिने भए निजगढको विकल्प खोज्न आदेश दिएको थियो।














-1787140035.png)


