एसीसी महिला टी-२० च्याम्पियनसिपका लागि नेपाली टिमको घोषणा
काठमाडाैं, जेठ २१ : एसीसी महिला टी–२० च्याम्पियनसिपका लागि नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली टिमको घोषणा गरेको छ। क्यानले शनिबार प्रतियोगिताका लागि...
काठमाडाैं, जेठ २१ : एसीसी महिला टी–२० च्याम्पियनसिपका लागि नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली टिमको घोषणा गरेको छ। क्यानले शनिबार प्रतियोगिताका लागि १९ सदस्यीय टिम घोषणा गरेको हो।
क्यानले घोषणा गरेको टिममा रुविना क्षेत्री, इन्दु बर्मा, सिता रानामगर, ज्योति पाण्डे, काजोल श्रेष्ठ, अप्सरी बेगम, कविता जोशी, डली भट्ट र सबनम राई छन्। यस्तै, सरिता मगर, रोमा थापा, संगीता राई, अमस्मिना कर्माचार्य, मनिषा उपाध्याय, विन्दु रावल, ममता चौधरी, रेखा रावल र इश्वरी विस्टले पनि टिमा स्थान बनाएका छन्।
प्रतियोगिता मलेसियामा जुन १७ देखि २५ सम्म आयोजना हुनेछ। प्रतियोगितामा नेपालसहित मलेसिया, ओमान, कतार, सिंगापुर, युएई, बहराइन, भुटान, हङकङ र कुवेत गरी १० टिम सहभागी छन्।
१० टिमलाई दुई समूहमा विभाजन गरिएको छ। नेपाल, बराइन, भुटान, हङकङ र कुवेतसहित समूह बीमा छ। समूहका शीर्ष दुई टिम सेमिफाइनल पुग्ने छन्। फाइलन पुग्ने दुई टिमले टी–२० एसिया कप खेल्न पाउने छन्।
नेपालले जुन १७मा पहिलो खेल भुटानसँग खेल्ने छ। यस्तै, नेपालले जुन १८मा कुवेत, जुन २०मा बहराइन र जुन २१मा हङकङसँग खेल्ने तालिका छ।











