Kathmandu Press

साइक्लिङ भेलामा चिरीबाबु र बालेन, साइकल लेन बनाउने प्रतिबद्धता

काठमाडाैं, जेठ २१ : विश्व साइकल तथा वातावरण दिवसको अवसरमा काठमाडौंमा विशेष साइक्लिङ भेलाको आयोजना गरिएको छ।विभिन्न साइकल समूह, संघसंस्था तथा समुदायको सहकार्यमा...
साइक्लिङ भेलामा चिरीबाबु र बालेन, साइकल लेन बनाउने प्रतिबद्धता

काठमाडाैं, जेठ २१ : विश्व साइकल तथा वातावरण दिवसको अवसरमा काठमाडौंमा विशेष साइक्लिङ भेलाको आयोजना गरिएको छ।

विभिन्न साइकल समूह, संघसंस्था तथा समुदायको सहकार्यमा आयोजित साइकल र्‍याली पाटन दरबार स्क्वायरबाट सुरु भई पुलचोक हुँदै थापाथली, त्रिपुरेश्वर हुँदै  दरबारमार्गमा पुगेर भेलामा परिणत भएको थियो।

नेपालमा अत्यधिक निजी सवारी साधन, इन्धनको खपत, धुवाँधुलो, प्रदूषण, व्यापार घाटा बढ्दै भएको अवस्थामा साइकलको प्रयोगमा प्रोत्साहन गर्न र्यालीको आयोजना गरिएको हो।

र्‍यालीपछि आयोजित कार्यक्रममा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले हप्ताको एक दिन काठमाडौंमा साइकल डे मनाउने र काठमाडौंमा साइकल लेन बनाउने विषयमा अध्ययन र छलफल अघि बढाउने बताए। उनले साइकल लेन भएको खण्डमा मात्र सुरक्षित यात्रा हुन सक्ने उनको भनाइ छ।

त्यस्तै ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले ललितपुर महानगरमा ३२ दशमलव ५ किमि साइकल लेन बनाइसकेको अवस्थामा यसलाई थप प्रभावकारी बनाउने जानकारी दिए।

उनले ललितपुरभित्र पर्ने चक्रपथमा समेत साइकल लेन बनाउने काम छिटै सुरु हुने बताए। कार्यक्रममा सहभागीहरुले साइकल चढौँ स्वस्थ रहौँ लेखिएका पम्प्लेट प्रदर्शन गरेका थिए।

 

प्रकाशित मिति: १६:१२ बजे, शनिबार, जेठ २१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्