एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै
काठमाडौं, जेठ २१ : नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज (शनिबार) ३ बजे बस्दैछ।पार्टीको केन्द्रीय कार्यालय तीनकुनेमा बस्ने बैठकमा गत वैशाख ३० गते सम्पन्न...
काठमाडौं, जेठ २१ : नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज (शनिबार) ३ बजे बस्दैछ।
पार्टीको केन्द्रीय कार्यालय तीनकुनेमा बस्ने बैठकमा गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनबारे समीक्षा हुने एक नेताले जानकारी दिए।
बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, पार्टीको भावी रणनीतिलगायत विषयमा पनि छलफल हुने जनाइएको छ। बैठकमा जारी संसद अधिवेशन, आगामी आर्थिक वर्षको बजेटबारे पनि छलफल हुनेछ।
बैठकमा अध्यक्ष माधवकुमार नेपालसहित सम्मानित नेता झलनाथ खनाल, राजेन्द्रप्रसाद पाण्डे, जयन्ती राई, वेदुराम भुसाल, गंगाराम तुलाधार, प्रकाश ज्वाला, जगन्नाथ खतिवडा, मुकुन्द न्यौपाने, प्रवेश हमाललगायतको उपस्थिति रहने सो पार्टीको सचिवालयले जानकारी दिएको छ।
प्रकाशित मिति: १४:४१ बजे, शनिबार, जेठ २१, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार








-1787140035.png)


