Kathmandu Press

गृहमन्त्री बालकृष्ण खाँण र माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’बीच भेटवार्ता

काठमाडौं, जेठ २१ : गृहमन्त्री बालकृष्ण खाँण माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ललितपुरको खुमलटारस्थित उनकै निवासमा पुगेर भेट गरेका छन्।आज (शनिबार) बिहान...
गृहमन्त्री बालकृष्ण खाँण र माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’बीच भेटवार्ता

काठमाडौं, जेठ २१ : गृहमन्त्री बालकृष्ण खाँण माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ललितपुरको खुमलटारस्थित उनकै निवासमा पुगेर भेट गरेका छन्।

आज (शनिबार) बिहान भएको भेटमा उनीहरूबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको जनाइएको छ। गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको समीक्षा र पाँचदलीय सत्तारूढ गठबन्धनलाई निरन्तरता दिनेबारे पनि छलफल भएको बताइएको छ।

त्यसैगरी संसदमा पेस भएको आगामी आर्थिक वर्ष २०७९/८० को बजेट, सरकारले संसदमा पेस गर्न लागेका विभिन्न विधेयकबारे समेत छलफल भएको अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ।

प्रतिनिधिसभाको जारी अधिवेशनमा राजनीतिक दलहरूबीचको सहमतिमा नागरिकता विधेयक पेस गर्ने तयारी भइरहेको छ। गृहमन्त्री खाणले पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डसँग त्यसबारे पनि परामर्श लिएको सचिवालयको भनाइ छ।

प्रकाशित मिति: १४:२८ बजे, शनिबार, जेठ २१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्