Kathmandu Press

माओवादी केन्द्रका नेताहरूकाे आज बस्ने भनिएको बैठक भोलि बस्नेगरी स्थगित

काठमाडौं, जेठ २१ : माओवादी केन्द्रका शीर्ष नेताहरूकाे आज बस्ने भनिएको बैठक भोलि बस्नेगरी स्थगित भएको छ। गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको...
माओवादी केन्द्रका नेताहरूकाे आज बस्ने भनिएको बैठक भोलि बस्नेगरी स्थगित

काठमाडौं, जेठ २१ : माओवादी केन्द्रका शीर्ष नेताहरूकाे आज बस्ने भनिएको बैठक भोलि बस्नेगरी स्थगित भएको छ। 

गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको समीक्षा, प्रदेश र प्रतिनिधिसभाको अगामी निर्वाचन एवं केन्द्रीय समितिको बैठकको एजेन्डा तय गर्नेलगायत विषयमा छलफल गर्न आज ३ बजेका लागि बैठक बोलाइएको थियो।

शीर्ष नेताहरूको व्यस्तताका कारण बैठक स्थगित गरिएको माओवादी केन्द्रले जनाएको छ। बैठक भोलि बिहान ८ बजे माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवासमा बस्ने जनाइएको छ।

प्रकाशित मिति: १४:१९ बजे, शनिबार, जेठ २१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्