८ रनमा अलआउट नेपाल १० विकेटले पराजित
काठमाडाैं, जेठ २१ : १९ टि–२० विश्वकप छनोटमा नेपाल फराकिलो अन्तरले पराजित भएको छ। शनिबार बिहान मलेसियास्थित किन्रारा ओभलमा भएको खेलमा निकै खराब...
काठमाडाैं, जेठ २१ : १९ टि–२० विश्वकप छनोटमा नेपाल फराकिलो अन्तरले पराजित भएको छ। शनिबार बिहान मलेसियास्थित किन्रारा ओभलमा भएको खेलमा निकै खराब ब्याटिङ गरेको नेपाल युएईसँग १० विकेटले पराजित भयो।
पहिला ब्याटिङ गर्दै नेपालले दिएको ९ रनको लक्ष्य युएईले १।१ ओभरमै भेट्टायो। उसका थिर्था सतिश ४ तथा लाभन्या केनी ३ रन अविजित रहिन्।
यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपाली टिम ८।१ ओभरमा ८ रनमै अलआउट भएको थियो। नेपालका ६ खेलाडी शुन्य रनमै आउट भए।
इतिहासकै खराब प्रदर्शन गरेको नेपालका लागि स्नेहा महराले ३ तथा मनिष रानाले अविजित २ रन जोडिन। किरण कुमारी कुँवर, अनु कडायत र आश्मा पुलामी मगरले समान १ रन बनाए।
यूएईका लागि माहिका गौरले घातक बलिङ गर्दै ४ ओभरमा २ मेडन राखेर मात्र २ रन खर्चदै सर्वाधिक ५ विकेट लिइन्। यस्तै इन्धुजा नन्दकुमारले ३ विकेट लिइन्।
छनोटमा नेपालको यो पहिलो हार हो। शुक्रबार नेपालले कतारलाई ७९ रनले हराएको थियो। युएईको भने यो लगातार दोस्रो जित हो। पहिलो खेलमा युएईले भुटानलाई १ सय ६० रनले हराएको थियो।
नेपालले सोमबार भुटान र मंगलबार थाइल्याण्ड र बिहीबार मलेसियासँग खेल्ने छ।











