Kathmandu Press

प्रधानमन्त्री देउवाले गरे सर्वजितको मुहूर्त, मन्त्री आलेले ५ महिनाको तलब दिने

काठमाडाैं, जेठ २१ : प्रधानमन्त्री शेरबहादुर देउवाले चलचित्र सर्वजितको शुभ मुहूर्त गरेका छन्। शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रमबीच प्रधानमन्त्री देउवाले...
प्रधानमन्त्री देउवाले गरे सर्वजितको मुहूर्त, मन्त्री आलेले ५ महिनाको तलब दिने

काठमाडाैं, जेठ २१ : प्रधानमन्त्री शेरबहादुर देउवाले चलचित्र सर्वजितको शुभ मुहूर्त गरेका छन्। शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रमबीच प्रधानमन्त्री देउवाले चलचित्रको शुभ मुहूर्त गरेका हुन्।

जातीय भेदभाव तथा छुवाछूत उन्मुलन दिवसको अवसर पारेर सर्वजितको  मुहूर्त गरिएको हो । दिनेश डिसीले निर्देशन गर्ने चलचित्र दलित महिला केन्द्रले निर्माण गर्न लागेको हो।

चलचित्र दलित आन्दोलनका अगुवा भगत सर्वजित विश्वकर्माको जीवनमा आधारित हुनेछ। चलचित्र निर्माणका लागि एक करोड २५ लाख लागत अनुमान गरिएको छ।

चलचित्र निर्माणका लागि पर्यटनमन्त्री प्रेम आलेले आर्थिक सहयोग गर्ने घोषणा गरेका छन्। मुहूर्त कार्यक्रममा मन्त्री आलेले पार्टीको लेबी कटाएर पाँच महिनाको तलब सहयोग गर्ने घोषणा गरेका हुन्।

प्रकाशित मिति: १२:१२ बजे, शनिबार, जेठ २१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्