बेल्जियममाथि नेदरल्यान्ड्सको जित, फ्रान्स डेनमार्कसँग पराजित
काठमाडाैं, जेठ २१ : युईएफए नेसन्स लिगअन्तर्गत शुक्रबार राति भएका खेलमा दुई महारथी टिम बेल्जियम र फ्रान्स पराजित भएका छन्। बेल्जियम अप्रत्यासित रुपमा...
काठमाडाैं, जेठ २१ : युईएफए नेसन्स लिगअन्तर्गत शुक्रबार राति भएका खेलमा दुई महारथी टिम बेल्जियम र फ्रान्स पराजित भएका छन्। बेल्जियम अप्रत्यासित रुपमा नेदरल्यान्ड्सँग ४–१ले पराजित हुँदा विश्व विजेता फ्रान्स डेनमार्कसँग २–१ले पराजित भयो।
बेल्जियमविरुद्ध नेदरल्यान्ड्सलाई जित दिलाउन मेम्फिस डिपेले २ तथा स्टेभेन बर्गविन र डेन्जल डम्फ्रिसले पनि गोल गरे। बेल्जियमका मिची बात्सुइले गोल फर्काएका थिए।
४०औं मिनेटमा बर्गविनले गोल गर्र्दै नेदरल्यान्ड्सलाई सुरुआती अग्रता दिलाए । त्यसपछि दोस्रो हाफमा १५ मिनेटमा अन्तरमा ३ गोल गर्दै नेरल्यान्ड्सले खेलमा ४–०को अग्रता लियो। उसका ५१औं र ६५औं मिनेटमा डिपे तथा ६१औं मिनेटमा डम्फ्रिसले गोल गरेका गरेका थिए।
बेल्जियमका लागि इन्जुरी समयमा मिची बात्सुईले गोल फर्काएका थिए।
यता, डेनमार्कले खेलमा १ गोलले पछि परेको अवस्था उल्टाउँदै फ्रान्समाथि २–१को जित निकाल्यो । डेनमार्कका लागि दुवै गोल आन्द्रेस कोर्नेलियसले गरे भने फ्रान्सका करिम बेन्जिमाले गोल गरे।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा बेन्जिमाले ५१औं मिनेटमा गोल गर्दै फ्रान्सलाई अग्रता दिलाए । त्यसपछि कोर्नेलियसले ६८ र ८८औं मिनेटमा गोल गर्दै डेनमार्कलाई पुनरागमन जित दिलाए।
यसैगरी शुक्रबार राति नै भएको अर्को खेलमा क्रोएसिया अष्ट्रियासँग स्तब्ध भयो । प्रशिक्षक राल्फ राग्निकको टिम अस्ट्रियाले क्रोएसियामाथि ३–०को जित निकाल्यो। अष्ट्रियाका लागि मार्को अर्नाउटोभिकले ४१, माइकल ग्रेगोरिस्चले ५४औं र मार्सेल सबिट्जरले ५७औं मिनेटमा गोल गरेका थिए।











